नेपाली भूमि फिर्तादेखि मन्त्रीको बर्खास्तीसम्मको माग गर्दै युवा संघको प्रदर्शन

जगत ठाडा मगर
२०७८ माघ २७ | मध्यान्ह ०४:१० बजे

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विविध सरोकारका विषयमा सरकारलाई खबरदारी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार दिउँसो काठमाडौको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालय अगाडि युवा संघले सरकारलाई ध्यानाकर्षण गराउँदै ‘वृहत् युवा महिला विरोध प्रदर्शन’ गरेको हो । प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘स्थानीय तह निर्वाचनको स्वीकार्यता, मुल्यवृद्धि फिर्ता गर, गुमेको भुमी फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर, स्वास्थ्यमन्त्रीलाई कारवाही गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
कोरोनाविरुद्धको २४ लाख डोज हराएको प्रकरणमा स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न पनि युवा संघले माग गरेका छन् ।





