परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

जगत ठाडा मगर
२०७८ माघ २७ | बिहान ११:१० बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेसागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।
गत साउन २५ मा सदस्यसचिव दुर्गा अर्यालसमक्ष पेस गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । संघले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको ‘अल्टिमेटम’ बोर्ड नेतृत्वलाई दिएको थियो ।
त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । संघका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरु गरेका थिए । रासस





