मोटरसाइकलबाट लडिन्, ट्रकले किच्दा मृत्यु

जगत ठाडा मगर
२०७८ माघ २७ | बिहान ०७:१० बजे

मेचिनगर । झापाको गौरादहमा ट्रकले किच्दा एक एक महिलाको मृत्यु भएको छ। बुधबार दिउँसो झापाको शिवसताक्षी नगरपालिका १ बस्ने ५३ वर्षीया हिमादेवी दाहालको गौरादह नगरपालिका १ मा भएको सवारी दुर्घटनामा मृत्यु भएको हो।
प्रहरीका अनुसार नन्दलाल दाहालले चलाएको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलमा सवार दाहाल अचानक लडेकी थिइन्। लड्ना साथ उनलाई मे १ ख २६९८ नम्बरको ट्रकले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हिमादेवीलाई किचेपछि ट्रक पनि बाटो छेउमा पल्टेको प्रहरीले जनाएको छ। ट्रक चालक गौरादह ३६ वर्षीय सन्तोष अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





