खेलकुद

    शीर्षस्थ म्यानचेस्टर सिटीको सहज जीत

    जगत ठाडा मगर
    २०७८ माघ २७ | बिहान ०७:१० बजे

      काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जीत निकाल्दा टोटनहम भने पराजित भएको छ।

      घरेलु मैदान इतिहादमा सिटीको १९औं जीतमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो। खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६९औं मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जीत पायो।

      जीतसँगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ। दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ। पराजित ब्रेन्टफोर्ड २३ अंकसहित १४औं स्थानमा छ।

      यता अर्को महारथी क्लब टोटनहम रोमान्चक खेलमा साउथह्याम्पटनसँग ३-२ ले पराजित भयो। आत्माघाती गोलसँगै १-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जीत निकालेको हो। भ्रमणकारी टोलीको जीतमा अर्मान्डो ब्राजा, मोहम्मद र चे एडाम्सले एक एक गोल गरे।

      टोटनहमका लागि हिङ मीन सनले गोल गर्दा साउथह्याम्पटनका जान बेडनारेकले आत्माघाती गोल गरेका थिए । जीतसँगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंकसहित १० औं स्थानमा उक्लिएको छ। पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउँदै सातौं स्थानमा छ।

        कमेन्टहरु