देश

    सुर्खेत वीरेन्द्रनगरस्थित फेन्सी पसलमा लागूऔषध कारोबार तीन जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ २६ | मध्यान्ह ०९:१० बजे

      बिरेन्द्रनगर । सुर्खेत जिल्लाको वीरेन्द्रनगरबाट लागू औषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी सुब्बाकुना सुर्खेतले बुधवार दिउँसो एक बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

      प्रहरीका अनुसार पिपिरा चोकमा रहेको एक फेन्सी पसलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ का पसल सञ्चालक ४६ वर्षीय लीलाराम पुरी, २४ वर्षीय महेश सुनार र २२ वर्षीय गौरव सुनार रहेका छन् ।

      जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले फेन्सी पसलमा चेक जाँच गर्दा पसलबाट लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक सहित ३०० मिलिग्राम, शुद्ध २०० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

      पक्राउ पर्ने तीनैजनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

        कमेन्टहरु