मुख्य समाचार

    स्थानीय तहको कार्यकाल विषयमा परेको रिट दरपिठ

    जगत ठाडा मगर
    २०७८ माघ २६ | मध्यान्ह ०६:१० बजे

      काठमाडौं, माघ २६ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दरपिठ भएको छ।

      बुधबार महोत्तरी जिल्ला भंगाहा नगरपालिका २ का संजीवकुमार साहले दायर गर्नुभएको रिट दरपिठ भएको हो।

      सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पान्थीले नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार २०७९ वैशाख ३० गतेका लागि मिति घोषणा भएको भन्दै रिट दरपिठ गर्नुभएको हो।

      साहले स्थानीय तहमा निर्वाचनपछि पाँच वर्षे कार्यकाल पूरा गर्न नपाएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गर्नुभएको थियो।

      photo 2022 02 09 04 27 46

        कमेन्टहरु