मुख्य समाचार

    आठ राजनीतिक दलद्वारा एमसीसीको विरोधमा संयुक्त प्रदर्शन

    जगत ठाडा मगर
    २०७८ माघ २६ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ २६ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न आठवटा दल र मोर्चाले संयुक्त प्रदर्शन गरेका छन् । काठमाडौँ उपत्यकामा माइतीघरदेखि संसद भवनसम्म ६ राजनीतिक दल र २ मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।

      एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनमा एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।

      काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो । कोणसभामा विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले संबोधन गरेका थिए ।

        कमेन्टहरु