मुख्य समाचार

    अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारले आरोप

    जगत ठाडा मगर
    २०७८ माघ २६ | मध्यान्ह ०३:१० बजे

      धनुषा, माघ २६ । जनकपुरधामको एक निजी अस्पतालमा अस्पतालको लापरवाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारले आरोप छ । बुधबार जनकपुरधामको काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ ।

      धनुषाको धनुषाधाम नगरपालिका –७ किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको काव्य अस्पतालमा प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित मृत्यू भएको हो । खातुनको अप्रेसन डाक्टरत्रय मुकेश गामी, सोनिया सिंह र विनय महासेठले गरेको काव्य अस्पतालले जनाएको छ ।

      अप्रेसनबाट खातुनले जन्म दिएकी शिशुमध्ये एकको मृत्यु भइसकेको थियो भने अर्को शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर सो शिशुको पनि केही घण्टामै मृत्यु भएको थियो । जुम्ल्याहा नवजात शिशुको मृत्यूपछि आमाको पनि उपचारकै क्रममा बुधबार बिहान अन्दाजी ८ बजे मृत्यु भएको मृतकका श्रीमान यैजुबले जानकारी दिए । उपचारमा चिकित्सकको लापरबाहीका कारण अप्रेसनपछि आमा र शिशुको पनि मृत्यु भएको यैजुबको दावी छ ।

      आमासहित नवजात जुम्ल्याहा शिशुको मृत्यु पछि आक्रोशित पीडित परिवारले अस्पतालमा कार्यरत डा. रमित राजलगायत कर्मचारीमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पताल परिसरमा रहेको एउटा एम्बुलेन्समा तोडफोड समेत गरेका छन् । तर अस्पतालका सञ्चालक डा. एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको दावी गरे ।

      एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक सम्भव प्रयास गरिएको उनले बताए ।

       

       

       

       

       

        कमेन्टहरु