भीमदत्त राजमार्ग अन्तर्गत गोगनपानीमा एक पुरुषको शव फेला

जगत ठाडा मगर
२०७८ माघ २६ | मध्यान्ह ०३:१० बजे

डोटी । भीमदत्त राजमार्गअन्तर्गत डोटी र डडेल्धुराको सीमानामा पर्ने गोगनपानीमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त शव केही दिन अघिदेखि बेपत्ता रहेका डडेल्धुराका पुरुषको रहेको बुझिएको छ । ‘हाम्रो प्रहरी टोली घटनास्थलमा गएको छ,’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिले नै सम्पूर्ण विवरण आएको छैन ।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मल्लको भनाइ छ ।





