अर्थ

    सुनचाँदीको भाउ बढ्यो

    जगत ठाडा मगर
    २०७८ माघ २६ | बिहान ११:१० बजे

      काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ ।

      यता तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

      यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

        कमेन्टहरु