राजनीति

    कांग्रेस पदाधिकारी बैठक बस्दै

    जगत ठाडा मगर
    २०७८ माघ २६ | बिहान १०:१० बजे

      काठमाडौं, माघ २६ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

      बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने बताइएको छ । बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्थालगायत विषयमा छलफल हुने कार्ययोजना रहेको छ ।

      कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे मंगलबारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो ।

        कमेन्टहरु