खेलकुद

    प्रिमियर लिगमा वेस्ट ह्याम र न्युकास्टलको जित

    जगत ठाडा मगर
    २०७८ माघ २६ | बिहान ०७:१० बजे

      काठमाडौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएका खेलमा वेस्ट ह्याम र न्युकास्टल युनाइटेडले जित हात पारेका छन्।

      वेस्ट ह्यामले वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो भने न्युकास्टल युनाइटेडले एभर्टनलाई ३–१ गोल अन्तरले हरायो। मंगलबारको खेलमा वेस्ट ह्यामलाई जिताउन जारोड बोवेनले खेलको ६८ औं मिनेटमा निर्णायक गोल गरे।

      त्यस्तै अर्को खेलमा न्युकास्टलले एभर्टनलाई ३–१ गोल अन्तरले हराएको थियो। जसमा १ मिनेटको अन्तरमा दुवै टोलीले १÷१ आत्मघाती गोल गरेका थिए। यससँगै वेस्ट ह्याम २४ खेलबाट ४० अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने न्युकास्टल २२ खेलबाट १८ अंकका साथ १७ औं स्थानमा छ।

        कमेन्टहरु