देश

    स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एकजना पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ २६ | बिहान ०६:१० बजे

      काठमाडौं । स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्।

      नुवाकोटको ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगानालाई मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो।

      पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखिएको प्रहरीले बताएको छ।

        कमेन्टहरु