न्याय सेवा अन्तर्गत शाखा अधिकृतको नतिजा सार्वजनिक

जगत ठाडा मगर
२०७८ माघ २५ | मध्यान्ह ०६:१० बजे

काठमाडौं, माघ २४ । लोक सेवा आयोगले न्याय सेवा अन्तर्गत शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज (मंगलबार) सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन् । जसमा सबैभन्दा बढी न्याय सेवातर्फ ५९ जना, दोस्रोमा सरकारी वकिल सेवातर्फ ४२ जना र कानून सेवातर्फ १३ जना सिफारिस भएका छन् ।
न्याय, कानून र सरकारी वलिक समूहको शाखा अधिकृत वा सो सरहको पदमा खुलातर्फ ६७ जना सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी न्यायमा ३६ जना, दोस्रो सरकारी वकिलमा २४ जना र कानूनतर्फ ७ जना सिफारिस भएका छन् ।





