देश

    भोलि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    जगत ठाडा मगर
    २०७८ माघ २५ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् । बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

      बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/०७८ पेश गर्ने उल्लेख छ । त्यसैगरी संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयका महासचिव डा भरतराज गौतमले सार्वजनिक गरेका छन् ।

      एमालेको अवरोधका कारण संचालन हुन नसकेको प्रतिनिधिसभा पछिल्लो समय एमसीसीको विषयले १० दिन स्थगित भएको थियो । सभामुख सापकोटाले एमसीसी टेबल गर्न राष्ट्रिय सहमतिको शर्त अघि सारेका छन् ।

      photo 2022 02 08 02 34 08

        कमेन्टहरु