देश

    भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ माघ २५ | मध्यान्ह ०२:१० बजे

      काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

      बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टिकापुर नगरपालिका–८ निवासी ६८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

      उनले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएकी थिइन । ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

        कमेन्टहरु