देश

    सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनसक्छ : नेता बस्नेत

    जगत ठाडा मगर
    २०७८ माघ २५ | मध्यान्ह ०१:१० बजे

      काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुन सक्ने बताएका छन् ।

      मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना हुन सक्ने बताएका हुन् । उनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनका लागि आफूहरू सय सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको उल्लेख गरे ।

      सभामुखले सदनमा अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्नेमा उनले जोड दिए । उनले सबैको दबाबका कारण सरकारले वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

        कमेन्टहरु