चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

जगत ठाडा मगर
२०७८ माघ २५ | मध्यान्ह ०१:१० बजे

चितवन, माघ २५ । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।
बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए ।
निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी सिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । रासस





