तोलामा ५०० ले बढ्यो सुनको मूल्य

जगत ठाडा मगर
२०७८ माघ २५ | बिहान ११:१० बजे

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार १०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ, यसको मूल्य अघिल्लो दिन ९२ हजार १०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।





