सीमा क्षेत्रबाट एक ट्रक अवैध केराउसहित चालक पक्राउ

जगत ठाडा मगर
२०७८ माघ २५ | बिहान १०:१० बजे

कपिलवस्तु, माघ २५ । नेपाल भारत सीमाक्षेत्र अन्तरगत कपिलवस्तुको यशोधरा गाउँपालिका – ७ सीमा नजिकबाट प्रहरीले अवैध ढंगबाट ल्याइएको एक ट्रक केराउ सहित चालकलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राती नेपालबाट सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेको यु.पी. ५५ टि २२९५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त केराउ बरामद गरी नियन्त्रणमा लिइएको हो । ट्रकमा करीब ५ लाख मुल्य बराबरको ५ हजार किलोग्राम अवैध केराउ रहेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
ट्रक चालक भारतको सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेको ट्रक र केराउ सुठौली भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।





