मदरसा शिक्षालाई मुलधारमा ल्याउने लुम्बिनी प्रदेशको प्रयास सराहनीय रहेको संघको ठहर


कपिलवस्तु, माघ २४ । राष्ट्रिय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा बजेट छुट्टाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको ठहर छ ।
लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमहरुमध्ये निम्न विद्यालयहरुलाई उपलब्ध गराउने निर्णय भएकाले उक्त निर्णयमा १३ वटा मदरसाहरुलाई कम्पाउन्डवाल निर्माण कार्यक्रमका लागि अनुदान वितरण गरिएको छ । जसमा मदरसा अहले सुन्नत फैजाने मुस्तफा नाइमिया प्रा.वि (विजयनगर ५ कपिलवस्तु), फैजुल उलुम मदरसा (मायादेवी ३ कपिलवस्तु), मदरसा दारुलउलूम मोहम्मदिया (मायादेवी २ कपिलवस्तु), मदरसा कुल्लीया सुमइया लिलबनात (मायादेवी ४ कपिलवस्तु), मदरसा नुरुलहुदा अहले सुन्नत प्रा.वि.(रामपुर ४ पाल्पा), मदरसा दारुलउलूम फैजाने गौशुलवरा(गुलरिया वर्दियां), दारुलउलूम मोइनिया फैजाने गाजी जैशपुर (नेपालगंज १६ बांके), मदरसा अरबिया दारुलहुदा (लु.सां.ना.प ९ रुपन्देही), मदरसा उम्मुल मोमिनीन आयशा अल्सिद्दीकी लिल्बनात इस्लामिया (समरिमाई गाउपलिका ७ रुपन्देही), मदरसा दारुलउलूम (समरिमाई गापा १ रुपन्देही), मदरसा अरबिया अहले सुन्नत (रोहिणी २ रुपन्देही) मदरसा मदिन्तुलवलुम ( प्रतापपुर ७ नवलपरासी), मदरसा अरबिया अजिजीया जियाउलवलुम(रामग्राम नापा २ नवलपरासी) रहेका छन् ।
प्रदेशले प्रत्येक मदरसाहरुमा रु.पांच लाखको दरले रकम विनियोजन गरिएको र दुइ वटा मदरसामा शौचालय निर्माण गर्न सात लाखका दरले बजेट छुट्याएको छ । जसमा अलमदरसतुल इस
इस्लामिया नजमुलहुदा (समरी गापा ५ रुपन्देही) तथा मदरसा दारुलहुदा इस्लामीया (मायादेवी ५ रुपन्देही) का मदसराहरुमा लुम्बिनी प्रदेश सरकारले बजेट छुट्टाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां तथा योजना आयोगक सम्पुर्ण पदाधिकारीहरुलाई राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपाली, प्रमुख सल्लाहकार जावेद आलम खां, सदस्यहरु खालिद रशिद, तारिक़ रियाज, मोहम्मद बिराजी, शैख लुकमान अहमद मदनी, नियाज़ देवबन्दी, बाबा मुजम्मील, जाहिद आजाद झण्डानगरी, अब्दुल अजीज, अब्दुल अजिम, प्रेस सल्लाहकार शहबाज खां लगायतले हार्दिक आभार व्यक्त गर्दै छनौटमा परेका सम्पुर्ण मदरसाका प्र.अ.तथा उक्त मदरसाका व्यवस्थापन समितीहरु १५ दिनभित्र सम्बन्धित समाजिक विकास डिभिजन कार्यलयसँग समझौता गरि कार्यान्वयन गर्नु हुन राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुले विनम्र अनुरोध गरेका छन् ।





