दाङमा झण्डै आठ किलो चरेससहित दुई जना पक्राउ

जगत ठाडा मगर
२०७८ माघ २४ | मध्यान्ह ०७:१० बजे

दाङ । दाङमा ठूलो परिमाणका लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले रुकुमपूर्व भुमे गाँउपालिका–९ चुनबाङ घर भइ हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा कोठा भाडामा लिएर बस्ने ५० वर्षीय दल बहादुर विक र सोही ठाउँ घर भइ हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्ण बहादुर पुनलाई पक्राउ गरेको हो।
उनीहरुलाई गएराति गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए । सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले विकको कोठामा खोजतलास गर्ने क्रममा ७ किलो ७७९ ग्राम लागुऔषध चरेस बरामद गरिएको जानकारी गराइएको छ।
पक्राउ परेका विकको फोन कल अनुसन्धान गर्ने क्रममा गिठेपानीबाट पुनलाई समेत पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए।





