सीडीओ बन्न कानुनमा स्नातक अनिवार्य वा कानुनसम्बन्धी ३ महिना तालिम प्राप्त हुनुपर्ने

जगत ठाडा मगर
२०७८ माघ २४ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, माघ २४ । सरकारले प्रमुख जिल्ला अधिकारी बन्नका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था शुरु गर्न लागिएको छ ।
अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बन गर्न अहिले तालिम चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै खाँणले सो कुरा बताएका हुन् ।
मन्त्री खाँणले भने–‘प्रमुख जिल्ला अधिकारीका लागि सो मापदण्ड पालनामा हामी संवेदनशील छौं, तीन महिने तालिम शुरुवात भएको छ ।’





