मुख्य समाचार

    बुटवलमा अनेरास्ववियू र प्रहरीबिच झडप

    जगत ठाडा मगर
    २०७८ माघ २४ | मध्यान्ह ०२:१० बजे

      रुपन्देही, माघ २४ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोमबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित प्रदर्शनमा झडप भएको हो । झडपमा परी पाँच जना विद्यार्थी घाइते भएका छन् ।

      अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन तथा स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ ।

      झडपमा नगर कमिटी रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने झडप नभइ सामान्य धकेलाधकेल भएको बताएका छन् ।

      कार्यालय समयमा कामकाजलाई समेत प्रभाव पार्ने गरी प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको उनको भनाइ छ ।

        कमेन्टहरु