स्वास्थ्य

    कपिलवस्तुको बकौलीमा मंगलबार निशुल्क आँखा जाच शिविर संचालन हुँदै

    जगत ठाडा मगर
    २०७८ माघ २४ | मध्यान्ह १२:१० बजे

      कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर‌ नगरपालिका वड़ा नं १० को श्री राष्ट्र सेवक आधारभूत (१-५) विद्यालय बकौलीमा माघ २५ गते मंगलबार निशुल्क आँखा जाँच शिवीर संचालन हुने भएको छ ।

      संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच शिवीर हुने छ । आँखा जाँचको क्रममा देखिएका मोतियाबिन्दु विरामीहरुलाई माघ २६ गते छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजमा लगेर निशुल्क अप्रेशन गरिने छ ।

      शिविरले आवश्यकता अनुसार नजिकको चश्मा लाग्ने बिरामीलाई नि:शुल्क चश्मा पनि उपलब्ध गराउने कुरा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल प्रशासनले जनाएको छ ।

        कमेन्टहरु