मोरङबाट लागूऔषधसहित तीन जना पक्राउ

जगत ठाडा मगर
२०७८ माघ २४ | मध्यान्ह १२:१० बजे

मोरङ, माघ २४ । मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित विश्वकर्मा मन्दिर अगाडि सडकबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ बस्ने ३६ वर्षीय सुरज गुरुङ, केराबारी गाउँपालिका-१० बस्ने २५ वर्षीय तेज कुमार मगर र सोही गाउँपालिका-७ बस्ने २६ वर्षीय नगेन्द्र लिम्बु रहेका छन् ।
प्रहरीले लागूऔषध डाईजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुप्रिजेसिक १० एम्पुलसहित उनीहरुलाई आइतबार राती पक्राउ गरेको हो ।





