मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय निर्वाचनको मिति तय गर्ने तयारी

जगत ठाडा मगर
२०७८ माघ २४ | बिहान ११:१० बजे

काठमाडौं, माघ २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार दिउँसो तीन बजे बस्ने गरी देउवाले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बुझिएको छ । आइतबार बसेको तीन दलका शिर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति तय गर्ने जानकारी गराएका थिए ।
निर्वाचन आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।





