भारतीय रेलबाट हाम फाल्दा एक जना नेपालीको मृत्यु

जगत ठाडा मगर
२०७८ माघ २४ | बिहान ११:१० बजे

खुरसेद हजाम
नवलपरासी । भारतीय रेलबाट हाम फालेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वड़ा ६ हरपुर बस्ने वर्ष ३४ का श्रीनिवास कोईरी रहेका छन ।
आइतबार साझ करिब ४ बजे भारतका उत्तर प्रदेशको नरकटियागंज रेलवे मार्गको नजिक डाउन एक्सप्रेस रेलबाट हाम फाल्दा कोईरीको मृत्यु भएको हो ।
प्राप्त जानकारी अनुसार भारत कोठीभार थानास्थित बनिढाल हुदै गोरखपुरबाट बिहारको मुजफरप जादै गरेको १९०३७ नम्बरको अवध एक्सप्रेसको रेलबाट हामफाली आत्महत्या गरेका बताइएको छ ।





