मुख्य समाचार

    पश्चिम नवलपरासीमा ३ जना फरार अभियुक्त पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ २४ | बिहान १०:१० बजे

      सुरेश यादव
      नवलपरासी, माघ २४ । पश्चिम नवलपरासीका प्रहरीले हिजो विभिन्न मुद्दामा फरार रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना सार्वजनिक अपराध र लागुओैषध मुद्दामा फरार अभियुक्त रहेका छन् १ जना केही सार्वजनिक मुद्दामा फरार अभियुक्त छन् र अर्का १ जना बहु विवाह मुद्दामा फरार अभियुक्त रहेका छन् ।

      नवलपरासी जिल्ला अदालतबाट केही सार्वजनिक अपराध मुद्दामा मिति २०७२ पुस १ गते ५ सय जरिवाना र लागुओैषध मुद्दामा मिति २०७४ जेठ २८ गते फैसला भई १ हजार ६ सय ७५ रुपैया जरिवाना ताेकिई सजाय भुक्तान गर्न बाकी रहेका निजका स्थायी वतन जिल्ला नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १६ स्थितबाट प्रहरीले पक्राउ गरेकाे हाे । यस्तै मिति २०७२ पुष ६ गते नवलपरासी जिल्ला अदालतबाट केही सार्वजनिक मुद्दामा फैसला भई तत्काल १ हजार ५ सय रुपैया जरिवाना ताेकिई सजाय भुक्तान गर्न बाकी रहेका निजकै स्थायी वतन जिल्ला नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको हो ।

      अर्का १ जना अभियुक्त मिति २०६८ पुस १३ गते नवलपरासी जिल्ला अदालतबाट बहुविवाह मुद्दामा फैसला भई तत्काल १ वर्ष १ महिना ५ दिन कैद र ५ सय रुपैया जरिवाना ताेकिई सजाय भुक्तान गर्न बाकी रहेका निजकै स्थायी वतन जिल्ला नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नं ५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तिनै जना फरार अभियुक्तलाई आ-आफ्नो स्थायी वतनबाट ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

      पक्राउ परेका तिनैजना फरार अभियुक्तलाई आवश्यक कार्वाहीकाे लागि नवलपरासी जिल्ला अदालतमा पेस गरिएकाे र तिनै जनालाई नवलपरासी जिल्ला अदालतबाट लगत अनुसार कार्वाही भएकाे सुचना अधिकारी शाहीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मिति २०७८ मंसिर २८ गते देखि हालसम्म विभिन्न मुद्दामा १२१ जना फरार अभियुक्तलाई जिल्लाकाे विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेकाे र आवश्यक कार्वाहीकाे लागि जिल्ला अदालत पेस गरिएको छ ।

        कमेन्टहरु