निको एकता युवा क्लबको आर्थिक सहयोग

जगत ठाडा मगर
२०७८ माघ २४ | बिहान ०७:१० बजे

दोलखा । दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा न.१ रहेको निको एकता युवा क्लबले बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
विगत वर्ष देखि नै क्लबले सामाजिक काम गर्दै आएको र हाल यो वर्ष पनि यस वडामा रहेको गम्भीर रोगको बिरामी गिरिजा थामी र पबित्री थामीलाई आर्थिक सहयोग गरेका छन ।
सहयोगीदाताहरुले आर्थिक संकलन गरि दुखी असायहरुलाई क्लबद्वारा आर्थिक सहयोग गर्ने अवसर जुटाउनु भएकोमा सम्पुर्णलाई क्लबले धन्यवाद दिएको छ ।





