पीएसजीको फराकिलो जितमा मेस्सीको गोल

जगत ठाडा मगर
२०७८ माघ २४ | बिहान ०७:१० बजे

काठमाडौ । फ्रेन्च लिग वान अन्तर्गतको आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिलीमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।
खेलको १० औं मिनेटमा न पीएसजीका लागि डानिलो पेरेइराले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। खेलको २८ औं मिनेटमा लिलीका लागि स्भेन बोटमेनले बराबरी गोल फर्काएका थिए। त्यसको ४ मिनेटपछि पीएसजीका प्रासनेल किमेपेम्बेले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए।
खेलको ३८ औं मिनेटमा लियोनेल मेस्सीले पीएसजीका लागि अर्को १ गोल थपे। मेस्सीका लागि फ्रेन्च लिग वानको यो दोस्रो गोल हो। खेलको ५१ औं मिनेटमा पेरेइराले तथा खेलको ६७ औं मिनेटमा कायलिन एमबाप्पेले पीएसजीका लागि १/१ गोल थपे।
यससँगै पीएसजीले लिग वानमा दोस्रो स्थानमा रहेको टोलीसँगको अंक दुरी १३ अंकमा पुर्याएको छ।





