देश

    उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

    जगत ठाडा मगर
    २०७८ माघ २४ | बिहान ०७:१० बजे

      काठमाडौं । सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाइएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको हो।

      यसअघि सार्वजनिक र प्राइभेट दुवै प्रकारको सवारी संचालनमा जोर-बिजोर लागू गरिएको थियो। तर, केही दिन अघि सीसीएमसीसीले प्राइभेट र भाडाका ट्याक्सीहरूलाई मात्रै जोर-बिजोर लागू गरेको थियो।

      माघ ७ गते मध्यरातिदेखि जोरबिजोर लागू भएको थियो। त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर हटाइएको थियो। तर, निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो।

      काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै आइतबार मध्यरातिबाट निर्णय लागू भएको हो।

        कमेन्टहरु