मुख्य समाचार

    न्याय सेवा आयोगको बैठक अझै बस्न सकेन

    जगत ठाडा मगर
    २०७८ माघ २४ | बिहान ०७:१० बजे

      काठमाडौँ । जिल्ला न्यायाधीशका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशन गर्नका लागि आइतबार बोलाइएको न्याय सेवा आयोगको बैठक बस्न सकेन ।

      प्रधानन्यायाधीश तथा आयोगका अध्यक्ष चोलेन्द्रशम्शेर जवराले जिल्ला अदालतमा न्यायाधीश नियुक्तिका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बेलाउनुभएको तर बैठकमा आयोगका अरू सदस्यहरू उपस्थित नहुँदा बैठक बस्न आइतबार नसकेको हो ।

      आयोगमा प्रधानन्यायाधीशको अध्यक्षतामा सदस्यहरू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती रहनुभएको छ ।

      न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार हिजो लिखित परीक्षाको नजिता प्रकाशन गर्ने सम्बन्धमा बैठक बोलाएको थियो ।

      आज न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक बोलाइएको छ ।

        कमेन्टहरु