देश

    सर्लाहीबाट लागुऔषधसहित दुई जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ १७ | मध्यान्ह ०१:१० बजे

      सर्लाही, माघ १७ । सर्लाहीमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाहीको कबिलासी नगरपालिका वडा नं. ८ बाट लालबन्दी ८ बस्ने ४३ वर्षीय अख्तर हुसैन र इश्वरपुर नगरपालिका ६ बस्ने ३६ वर्षीय अशोक लामालाई प्रहरीले पक्राउ गरेको हो ।

      मलंगवाबाट एच आर २६ बि एफ १८७६ नम्बरको कारमा लागुऔषध लुकाएर नवलपुरतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा डाइलेक्स डिसी (१०० एम.एल.) ११ बोत्तल, नोफिन फेर्नगन ११ एम्पुल र हाइ टेक इन्जेक्सन ३ थान बरामद गरेको छ । प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा हुसैनको साथबाट उक्त लागुऔषध बरामद गरिएको हो ।

      लागुऔषध बरामद भएपछि हुसैन र कार चालक लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका हुसैन र लामासहित कारको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

        कमेन्टहरु