प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसीबारे छलफल, केहि बुँदा संशोधन गर्नुपर्ने प्रचण्डको प्रस्ताव


काठमाडौँ, माघ १७ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ ।
अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले राजी भएको भन्ने समाचार आएपछि सोमबार प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्’ स्रोतले भन्यो । एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएकाे बेला नेताहरू छलफलमा जुटेका हुन् ।
गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।





