देश

    कञ्चनपुरमा बञ्चरो प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ १७ | मध्यान्ह १२:१० बजे

      काठमाडौं, माघ १७ । कञ्चनपुरमा बञ्चरो प्रहार गरी आफ्नै पिताको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । लालझाडी गाउँपालिका-२ कञ्जका ४२ वर्षीय ठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय छोरा रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

      घरायसी विवादका कारण रामविलासले बञ्चरो प्रहार गरी ठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

      मृतकको शव परीक्षणका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

        कमेन्टहरु