निको युगान्तकारी सस्कृतिक परिवार थाङ्गीचागुको उद्दघाटन कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ माघ १७ | बिहान ११:१० बजे

बिनोद मण्डल
दोलखा, माघ १७ । नेपालमा जातीय पहिचानका मुद्दा उठिरहेका बेला आदिवासी जनजातिको सूचीमा सूचीकृत थामी जातिको धार्मिक, सांस्कृतिक, राजनैतिक, आर्थिक, ऐतिहासिक तथा धार्मिक महत्वका विषयलाई जातीय उत्थानसँग जोडिएर थाङ्गगीचागुको उद्दघाटन समारोह सम्पन्न भएको छ ।
दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं ८ मा निको युगान्तकारी सांस्कृतिक परिवार थागीचागुको आयोजनामा तथा कमल थाङ्गिको अध्यक्षतामा र भाजु थामीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा करिब ३०० जना भन्दा बढीकाे जनसहभागिता रहेको थियो । कार्यक्रममा लभिन थामीको अध्यक्षतामा सांस्कृतिक समुहको समेत गठन भएको छ ।
यस कार्यक्रमले दोलखा जिल्लाको थामी जातिको उठानमा सहयोग पुग्ने विश्वास गरिएको आयोजक समितिले जनाएको छ ।





