हराएको २४ लाख डोज खोप खोजी गर्न मन्त्रालयले बनायो छानबिन समिति

जगत ठाडा मगर
२०७८ माघ १६ | मध्यान्ह ०८:१० बजे

काठमाडौं, माघ १६ । हराएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा छन्। कोरोना महामारी तीव्र रूपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने छ ।





