वडाध्यक्ष जगदीश तिवारीद्वारा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्बल वितरण


अजय मिश्र
कपिलवस्तु, माघ १६ । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ११ का ३५० जना जेष्ठ नागरिकलाई एक कार्यक्रमकाबिच सम्मान गरिएको छ ।
महाराजगंज नगरपालिका वडा नं ११ का वडाध्यक्ष जगदीश तिवारीको अध्यक्षता तथा महाराजगंज नगरपालिका नगर प्रमुख तथा नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामको प्रमुख आतिथ्यतामा र महाराजगंज नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत रेश्मी राज अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साथै कार्यक्रमको अतिथिहरुमा महाराजगंज नगरपालिका शिक्षा शाखा अधिकृत रोशन घिमिरे, महाराजगंज नगरपालिका वडा नं एक देखि दश वडाका वडाध्यक्ष, ईप्रका महाराजगंज प्रमुख, विओपी महाराजगंज प्रमुख लगायत रहनुभएको थियो ।कार्यक्रममा गणेश तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अब्दुल कलामले आज सहिद दिवस रहेको बताउदै जेष्ठ नागरिकलाई सम्मान गर्नु आफैमा सराहनीय कार्य रहेको र जेष्ठ नागरिक प्रति सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा वडा नं ११ बलरमवापुर र बडेगाउका विधवा महिला, एकल महिला, दलित महिला लगायत ३५० जना जेष्ठ नागरिकहरूलाई सम्मान स्वरूप कम्बल वितरण गरिएको थियो ।
कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, सुरक्षाकर्मी, लगायत अन्यको उपस्थित रहेको थियो । कार्यक्रम संचालन प्रदिप कश्यपले गरेका थिए ।





