राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

जगत ठाडा मगर
२०७८ माघ १६ | मध्यान्ह ०२:१० बजे

१६ माघ, काठमाडौं । राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित गरिएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक विषेश कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको बताएका छन् ।
यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।





