देश

    सहिद प्रभुनारायण यादवको शालिकमा माल्या अर्पण

    जगत ठाडा मगर
    २०७८ माघ १६ | मध्यान्ह ०२:१० बजे

      सप्तरी, १६ माघ । सप्तरीमा पनि सहिद दिवसको अवसरमा सहिद प्रभु नारायण यादवको शालिकमा माल्या अर्पण गरिएको छ ।

      आइतबार राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरी परिसरमा रहेको सहिद यादवको शालिकमा माल्या अर्पण गरी सहिदहरूप्रति श्रद्धान्जली अर्पण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवलगायतका व्यक्तिहरुले सालिकमा माल्या अर्पण गरेका छन् ।

      सहिद प्रभुनारायण स्मृति ट्रस्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति पनि श्रद्धान्जली अर्पण गरिएको थियो ।

        कमेन्टहरु