देश

    पोखराबाट एक किलो सुनसहित एक युवक पक्राउ

    जगत ठाडा मगर
    २०७८ माघ १६ | मध्यान्ह ०१:१० बजे

      कास्की, माघ १६ । प्रहरीले कास्कीबाट झण्डै एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट प्रहरीले बिस्कुट आकारको सुनसहित एक युवकलाई पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा पोखरा–१५ रामबजारका २५ वर्षीय रेशम सुनार रहेको कास्की प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखरातर्फ आउदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौडाको प्रहरी टोलीले जाँच गर्ने क्रममा सो बसमा सवार सुनारको साथबाट प्रहरीले करिब एक किलोको सुनको बिस्कुट बरामद गरेको हो ।

      सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

        कमेन्टहरु