अर्थ

    सुनको मूल्य ४०० रुपैयाँले घट्यो

    जगत ठाडा मगर
    २०७८ माघ १६ | बिहान ११:१० बजे

      काठमाडौं, माघ १६ । आइतबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा ९०० रुपैयाँले घटेर ९२ हजार ६०० मा झरेको सुनको मूल्य आज थप ४०० रुपैयाँले घटेको हो ।

      घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै घटेर ९१ हजार ७०० रुपैयाँं कायम छ ।

      यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १५ रुपैयाँले घटेर आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

        कमेन्टहरु