देश

    १० दिन पछि सर्‍यो प्रतिनिधिसभाको बैठक

    जगत ठाडा मगर
    २०७८ माघ १६ | बिहान ०८:१० बजे

      काठमाडौं, माघ १६ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण प्रतिनिधिसभाको बैठक १० दिन पछि सारिएको छ ।

      आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ २६ गतेका लागि तोकेका हुन् ।

      मुलुकमा कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख सापकोटाले बैठक सारेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

        कमेन्टहरु