आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु


काठमाडौं, माघ १६ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुस्सु /कुहिरो लागेको छ ।
आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
त्यस्तै सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।





