तपाईकाे माक्स खै ? भन्दै युवा समाज नवलपरासी सडकमा


नन्दु यादव
नवलपरासी, माघ १५ । पश्चिम नवलपरासीमा युवा समाज नवलपरासीले तपाईकाे माक्स खै ? भन्दै माक्स बितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
जिल्लाकाे भुजहवा, महेशपुर, बेलासपुर र परासी बुद्धचाेकमा आमनागरिकहरुलाई जनचेतना जगाउदै माक्स बितरण गरिएकाे हाे । युवा समाज नवलपरासीकाे अध्यक्ष धर्मेन्द्र गिरिकाे अध्यक्षतामा भुजहवाबाट सुरु भएकाे कार्यक्रम परासीमा गएर सम्पन्न भएकाे थियाे ।
अहिले ओमिक्रोन भाईरसले बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे बेला आमनागरिकहरुलाई चेतना जगाउने तथा समाजलाई चेतनशिल बनाउने उदेश्यका साथ माक्स बितरण गरिएकाे युवा समाज नवलपरासीका अध्यक्ष धर्मेन्द्र गिरिले बताउनु भयाे । खास गरि याे समयमा सबै आमनागरिकले माक्स लगाउनु पर्ने समय रहेकाे यस कार्यक्रमले सहयाेग हुने बताईएकाे छ ।
सस्थाका पदाधिकारीहरुले सडकमा हिडिरहेका आमनागरिकलाई तपाईकाे माक्स खै भन्दै ? माक्स दिदै माक्स लगाउनु पर्छ । साबुनपानीले हातधुने, सामाजिक दुरि कायम गरिनु पर्ने लगायतका जनचेतना जगाएका थिए । सस्थाले विभिन्न समय जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएकाे छ ।





