सिरहामा प्रधानमन्त्रीको पुतला दहन


सिरहा । सिरहाको गोलबजारमा राष्ट्रिय यूवा संघ नेपाल सिरहाद्धारा मन्त्री रेणु यादव र प्रधानमन्त्री शेर बहादुर देउवाको पुतला दहन गरिएको छ ।
राष्ट्रिय युवा संघ सिरहाको संयोजक जय प्रकाश शर्माले आह्वान गरेको रक्तदान कार्यक्रम पुर्व पश्चिम राजमार्गको मण्डल फ्रेस हाउस प्राङ्गणमा आयोजित कार्यक्रममा रक्त दान कार्यक्रम सम्पन्न भएपछि जिल्लाका १७ ओटै पालिकाबाट आएका एमाले नेता तथा कार्यकर्ताहरुले सरकारसँग निर्वाचनको मिति घोषण गर्ने, माग गर्दै विशाल र्याली निकालेर नगर परिक्रमा गरी गाेल पार्कका कोण सभामा परिणत भएको थियो ।
उक्त सभामा प्रधानमन्त्री शेर बहादुर देउवा र मन्त्री रेणु यादवको पुतला दहन गर्ने क्रममा गोलबजार प्रहरीले हस्तक्षेप गरेका थिए । सप्ताह व्यापी संघको कार्यक्रममको शुरुवात गोलबजार बाट गरिएको मधेश प्रदेश सचिव इन्द्रेश राउतले जानकारी दिए । कार्यक्रम प्रतिगमन नसच्चिए सम्म जारी रहने नेता बैधनाथ शाहले बताएका छन् ।





