मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

जगत ठाडा मगर
२०७८ माघ १५ | मध्यान्ह ०६:१० बजे

काठमाडौं, माघ १५ । अफ्रिकी राष्ट्र मरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल १-० गोलले विजयी भएको हो ।
नेपालका लागि विमल घर्तीमगरले गोल गरे । उनले खेलको ५५औं मिनेटमा गोल गरेका हुन्।





