आज मात्र ४९०४ जना कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ माघ १५ | मध्यान्ह ०६:१० बजे

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा कोरोनाका कारण ६ जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ। यस्तै आजै ५ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएका छन्।





