खेलकुद

    मौरिसससँगको मैत्रीपूर्ण खेलका लागि नेपालको प्लेइङ–११ सार्वजनिक

    जगत ठाडा मगर
    २०७८ माघ १५ | मध्यान्ह ०४:१० बजे

      काठमाडौ । काठमाडौंस्थित दशरथ रंगशालामा शनिबार हुने मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको प्लेइङ ११ सार्वजनिक गरिएको छ । मुख्यप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिममा कमब्याक गरेका फरवार्ड विमल घर्तीमगर सुरुवाती ११ मै राखेका छन् ।

      नेपाली टिमकाे फरवार्डमा सुनील बल, विमल घर्तीमगर र अजन विष्ट छन् भने मिडफिल्डमा सुरजज्यू ठकुरी, तेज तामाङ र सुमन लामा छन् । यस्तै डिफेन्समा सुमन अर्याल, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् । कप्तानको भूमिकामा गोलकिपरमा किरणकुमार लिम्बु छन् ।

        कमेन्टहरु